सागमा नेपाललाई तीन स्वर्ण | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

सागमा नेपाललाई तीन स्वर्ण

mandelkaji

काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले दुई स्वर्ण जितेको छ । कराँतेका मण्डेकाजी श्रेष्ठले पुरूष एकल कातामा स्वर्ण जित्नु भएको हो । उहाँले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गर्नु भएको थियो ।

मण्डेकाजीले २५.७२ अंक पाउँदा पाकिस्तानी खेलाडी २४.९२ अंक पाउँनु भएको थियो ।

त्यस्तैगरि, सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले जितेसँगै जारी सागमा नेपालले दोस्रो स्वर्ण पदक जित्नु भएको छ ।

सोमबार नै भएको ट्रयाथोलन (पुरुष)मा भने भारतले स्वर्ण र रजत पदक जितेको छ । नेपालले रजत पदक जितेको हो । खेलको समयबारे अफिसियल घोषणा हुन बाँकी छ । गौरी घाटबाट सुरु भएको ट्रायथोलनमा खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गरेका थिए ।

त्यस्तै, तेक्वान्दोको पुम्सेमा २९ वर्षमुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जित्नु भएको छ । यससँगै सागमा नेपालको तीन स्वर्ण, एक रजत र एक काष्य भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);