१३ औं दक्षिण एसियाली खेलकुद : आजदेखि फुटबलका खेलहरु सुरु हुँदै, बंगलादेश र भुटानबीच हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

१३ औं दक्षिण एसियाली खेलकुद : आजदेखि फुटबलका खेलहरु सुरु हुँदै, बंगलादेश र भुटानबीच हुने

sag udghatan

काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आजदेखि फुटबलका खेलहरु सुरु हुँदैछन् । दशरथ रंगशालामा आज हुने पहिलो खेलमा दिउँसो एक बजे बंगलादेश र भुटान खेल्दैछन् भने साँझ पाँच बजे माल्दिभ्स र श्रीलंका आमने सामने हुनेछन् ।

नेपालको खेल भने मंगलबार हुनेछ । खेलअघि आयोजित प्रिम्याच कन्फरेन्समा सहभागी सबै टिमले तयारी सकिएको जनाएका छन् । फिफाको नियम अनुसार एउटा खेलपछि कम्तिमा २४ घण्टाको आराम चाहिने अवस्थामा अखिल नेपाल फुटबल संघले दिन–दिनै खेल हुन आफ्नो लागि मान्य नहुने माल्दिभ्सले बताएको छ ।

आजै भलिबलतर्फ कास्य पदकका लागि खेल हुँदैछ । सेमिफाइनलमा भारतसँग पराजित भएको श्रीलंका र पाकिस्तानसँग पराजित भएको बंगलादेश कास्य पदकका लागि प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै आजदेखि कराते, तेक्वान्दो, ब्याडमिन्टन, टेनिस, खोखो, महिला क्रिकेट, फेन्सिङ, गल्फ, कबड्डी, स्क्वास, टेबल टेनिस, उसु, ट्रायाथलनका खेलहरु संचालन हुँदैछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);