साग महिला भलिबल : सेमिफाइनलमा आज नेपाल र श्रीलंका भिड्दै | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

साग महिला भलिबल : सेमिफाइनलमा आज नेपाल र श्रीलंका भिड्दै

sag volleyball semifinal

काठमाडौं, १४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलमा आज सेमिफाईनलका खेल हुदैछन् । आज हुने पहिलो सेमिफाइनल खेलमा भारत र माल्दिभ्स खेल्दैछन् भने दोस्रो खेलमा नेपाल र श्रीलंकबीच खेल हुनेछ ।

श्रीलंकालाई हराएको खण्डमा नेपालले भलिबलको इतिहासमा सबैभन्दा ठूलो सफलता हात पार्नेछ । नेपालले साग खेलकुदको महिला भलिबलमा कास्य पदकभन्दा ठूलो सफलता हात पार्न सकेको छैन ।

नेपालको खेल साँझ पाँच बजे हुन्छ । समूह चरणमा नेपालले बंगलादेशलाई हराएको थियो भने भारतसँग सोझो सेटमा पराजित भएको थियो ।

ताजा समाचार