आज नेपाल र भारत भिड्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८०, शुक्रबार

आज नेपाल र भारत भिड्दै

काठमाडौं, १० जेठ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा नेपालले भारतको सामना गर्न लागेको हो ।

नेपाल र भारतबीचको खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ । नेपाल आज लगातार तेस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपालले किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो ।

Leave a Reply