फिफा विश्वकप र एसियन कपको छनोटका लागि नेपाल आज जोर्डनसँग खेल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फिफा विश्वकप र एसियन कपको छनोटका लागि नेपाल आज जोर्डनसँग खेल्दै

काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटी स्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा राती ९ः४५ सुरु हुने खेलमा नेपालले जोर्डनसँग खेल्न लागेको हो । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टिमको लक्ष्य जित निकाल्ने रहेको बताएको छ ।

अघिल्लो खेलमा चाईनिज ताईपेलाई २–० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने देखिएको छ । छनोटको समूह ’बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ ।

विश्वकप छनोट अन्तर्गत नै नेपाल जोर्डन संग सन् २०११ को जुलाईमा भएको खेलमा ९–० ले पराजित भएको थियो । तर, २०११ को जुलाई २८ मा नेपालमा भएको खेलमा नेपालले जोर्डनलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);