काभा महिला भलिबलमा आज नेपाल र बंगलादेश भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काभा महिला भलिबलमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं, ९ जेठ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा नेपालले बंगलादेशको सामना गर्ने भएको हो । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ । नेपाल आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।

पहिलो खेलमा नेपालले सोमवार किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । प्रतियोगिता अन्तर्गत मंगलबार भारत र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । यस्तै श्रीलंका र काजकिस्तान तथा उज्वेकिस्तान र माल्दिभ्सबीच समेत प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);