आज दशरथ रंगशालामा राष्ट्रपति भण्डारीले सागको समुद्घाटन गर्नुहुने, बिजोर गाडी मात्र चल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आज दशरथ रंगशालामा राष्ट्रपति भण्डारीले सागको समुद्घाटन गर्नुहुने, बिजोर गाडी मात्र चल्ने

SAG

काठमाडौं, १५ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागको उद्घाटन आइतबार दशरथ रंगशालामा हुँदैछ । सन् १९ सय ८४ मा पहिलो संस्करणको साग आयोजना भएको दशरथ रंगशालामा ३५ बर्षपछि तेस्रो पटक दक्षिण एसियाली खेलकुद सागको उद्घाटन हुन लागेको हो ।

दुई पटक सागको सफल आयोजना गरेको नेपाल तेस्रो पटकको आयोजनालाई भव्य पार्ने योजनामा छ । सागको उद्घाटनका लागि नयाँ स्वरुपको दशरथ रंगशाला सिंगारिएको छ । मैदानको हरियो दुबो, एथलेटिक्स ट्रयाकको रातो रंग, राता, पहेंलो निलो, हरियो रंगका प्यारापिटका सिट, प्यारापिटको छानो लगायतले यतिबेला रंगशाला निकै सुन्दर बनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने १३ औं सागको उद्घाटनमा १५ हजार जनाको प्रस्तुति रहने राष्ट्रिय खेलकुद परिषद राखेपले जानकारी दिएको छ । जसमा शसस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना, विद्यार्थी, झाँक्री र कलाकारहरु रहेका छन् । त्यस्तै उद्घाटन कार्यक्रममा ३ सय व्यवसायिक कलाकारले नेपाली कला संस्कृती झल्काउने गरी प्रस्तुति देखाउँनेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले समुदु्घाटन सम्बोधन गरेपछि कीर्तिमानी पूर्व खेलाडी खेलाडी दिपक बिष्टले दिप प्रज्वलन गर्ने र सागका स्वर्णधारी कमल बहादुर अधिकारीले मार्चपासमा नेपालको झण्डा बोक्ने कार्यक्रम तय गरिएको छ ।

सागका लागि २२ हजार सुरक्षाकर्मिले खेलाडी अफिसियल तथा प्रशिक्षकहरुलाई सुरक्षा प्रदान गर्ने छन् । सागको उद्घाटनमा सडक यातायात सहज बनाउन सरकारले राजधानीमा आइतबार बिजोर नम्बरका सवारीसाधनको प्रयोग गर्न भनेको छ । दिउँसो ५ बजे शुरु हुने उद्घाटन कार्यक्रम सवा ३ घण्टाको हुनेछ । काठमाडौंमा उद्घाटन हुने १३ औं सागका खेलहरु पोखरा र जनकपुरमा पनि आयोजना हुनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);