१३ औं सागको समापन आज, पुरुष फुटबलको फाइनलमा नेपाल र भुटान भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१३ औं सागको समापन आज, पुरुष फुटबलको फाइनलमा नेपाल र भुटान भिड्ने

SAG samapan

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको दशौँ अर्थात् अन्तिम दिन आज विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको दशौँ दिन समापन समारोहसहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ ।

आज फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । पुरुष फुटबलको स्वर्ण पदकको लागि नेपाल र भुटानबीच खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको फाइनल खेल अपरान्ह ३ः०० बजे हुनेछ ।

यसैगरी विशेष कार्यक्रमकाबीच मंगलबार समापन हुंदैछ । सागको समापन समारोह ५ बजेपछि सुरु हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिब रमेशकुमार सिलवालले समापन समारोहलाई अहिलेसम्मकै ब्यवस्थित गरिने र त्यसको तयारी पूरा भएको बताउनुभएको छ ।

डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो प्रबिधिमार्फत सम्बोधन गर्ने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);