सागको चौंथो दिन आज, विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सागको चौंथो दिन आज, विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदै

sag

काठमाडौं, १८ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको चौंथो दिन आज बुधबार विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौं र पोखरामा हुने आजका खेलहरुमा एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन, टेनिस, कब्बडी, ह्यान्डबल र उसु रहेका छन् । जसमा ब्याडमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्यान्डबल पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ ।

पुरुष फुटबलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपालले साँझ ५ बजे श्रीलंकासँग भिड्ने छ । साग क्रिकेट अन्तर्गत महिलातर्फ बुधबार नेपालले टेष्ट राष्ट्र बंगलादेशसँग खेल्दै छ । पोखरा रंगशालामा हुने खेल बिहान १० बजे हुनेछ । महिलातर्फको अर्को खेलमा श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ ।

यस्तै टियु क्रिकेट मैदानमा हुने पुरुषतर्फ बंगलादेश यू-२३ ले माल्दिभ्स र श्रीलंका यू–२३ ले भुटानको सामना गर्नेछ । करातेमा आज नेपालले करातेमा ४ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित कराते हलमा हुने करातेमा नेपालले व्यक्तिगत कुमुते र टिम कुमुते गरी १३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । उसुमा बुधबार नेपालले दुई स्वर्णको लागि प्रतिस्पर्धा गर्दैछ । मंगलबारबाट सुरु भएको सुटिङतर्फ विभिन्न खेलहरु हुँदैछ । सातदोबाटोस्थित सुटिङ हलमा बुधबार विभिन्न स्पर्धामा खेलहरु हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);