१३ औं सागमा नेपालले अहिलेसम्म २४ स्वर्ण जित्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

१३ औं सागमा नेपालले अहिलेसम्म २४ स्वर्ण जित्यो

saag

काठमाडौं, १७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म २४ वटा स्वर्ण पदक जितेको छ । मंगलबार नेपालले उसुमा २, पुरुष डुवाथलन, कराते र महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जितिसकेको छ ।

सोमबार १५ स्वर्ण पदक जितेको नेपाल अहिलेसम्म २४ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ । मंगलबार उसुमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक हात पारेका छन् ।

यसैगरी डुवाथलनमा हिमाल टमटाले, कराँतेमा नविन रसाईली, सुनिता महर्जन र काजल श्रेष्ठले, महिला १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले नेपालका लागि स्वर्ण पदक जितेका छन् । सागको इतिहासमा नेपाली महिला खेलाडीले एथलेटिक्समा जितेको यो पहिलो स्वर्ण पदक हो ।

तेक्वान्दोमा विरबहादुर महराले स्वर्ण पदक जिते । महिला भलिबलमा भने भारतसंग हारेर नेपालले रजत पदकमै चित्त बुझाउनु परेको छ । मंगलबार नेपाल भारतसंग ५ सेटको प्रतिस्पर्धात्मक खेलमा ३–२ बाट पराजित भएको हो ।

पछिल्लो पदक तालिका अनुसार अहिलेसम्म भारतले ११, श्रीलंकाले ५, पाकिस्तान र बंगलादेशले ४–४ तथा माल्दिभ्सले १ स्वर्ण पदक जितेका छन् । भुटानले १ कास्य पदक जितेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);