एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु (नामसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु (नामसहित)

sunsari DURGHATANA

सुनसरी, १५ मंसिर । सुनसरी जिल्लाको कोशी गाउँपालिकाको हरिपुरमा ट्रक र एम्बुलेन्स एक आपसमा ठक्कर खाएर भएको दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मध्यराती विराटनगरको गोल्डेन अस्पतालबाट उदयपुर जादै गरको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र विरगञ्जबाट विराटनगर जादै गरेको ना २ ख ९०८२ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा एम्बुलेन्समा सवार ६ पुरुष र १ महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरुमा उदयपुर त्रियुगा नगरपालिका १० का राजेश दनवार,दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई रहेको १ नम्बर ट्राफीक प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालले जानकारी दिनुभएको छ । घटनाको प्रारम्भिक जानकारी अनुसार दुर्घटना तिब्र गतीका कारण भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);