जीप दुर्घटनामा १ जनाको मृत्य | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

जीप दुर्घटनामा १ जनाको मृत्य

death

झापा, १८ चैत । पाँचथरको याङबरक गाऊपालिका–३ ओयाम स्थित यलम्बर चौकमा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फिदिम नगरपालिका–२ पल्लोटारका ३६ बर्षीय फुल कुमार राई छन् । उनी जीप चालक हुन् । बिहान ६ बजे फिदिमबाट च्याङथापु तर्फ जादै गरेको मे १ ज ३५६ नम्बरको जीप सडकबाट करिब २०० मिटर खसेको थियो ।

दुर्घटनामा गम्भिर घाईते भएका राईको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही जीपमा सवार २२ बर्षीय आषिस राई घाइते छन् । उनको झापाको बिर्मामोड स्थित बिएण्डसी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);