साग महिला भलिबलमा नेपालको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

साग महिला भलिबलमा नेपालको विजयी सुरुवात

SAG mahila volleyball

काठमाडौं, ११ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद राखेपको कभर्ड हलमा बुधबार भएको उद्घाटन खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।

तुलनात्मक रुपमा कमजोर टिम बंगलादेशविरुद्ध नेपालले पहिलो सेट २५–९ ले सहजै जितेको थियो । पहिलो सेटमा सहज जित दिलाउन सरस्वती चौधरीले ५, प्रतिभा मालीले ४ र रेश्मा भण्डारीले ३ अंक दिलाएकी थिइन् ।

यस्तै प्रतिभाले ६ अंक दिलाएपछि नेपालले दोस्रो सेटमा पनि २५–९ ले नै जितेको थियो । अन्तिम सेटमा नेपाल २५–११ को जित निकाल्दै नेपाली महिला भलिबल टोली खेल आफ्नो पक्षमा पारेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);