एभिसी सेन्ट्रल जोन महिला भलिबलमा नेपालको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एभिसी सेन्ट्रल जोन महिला भलिबलमा नेपालको विजयी सुरुवात

avc central volley nepal

काठमाडौं, २४ कात्तिक । नेपालले बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगितााम विजयी सुरुवात गरेको छ । बगलादेशको राजधानी ढाकामा आइतबार भएको पहिलो खेलमा अफगानिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।

शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपालले अफगानिस्तानलाई २५–४, २५–९ र २५–६ को सेटमा पराजित गर्यो । जितसँगै नेपालले ३ अंक जोडेको छ । खेलमा नेपालकी प्रतिभा माली प्लेयर अफ द म्याच घोषित भइन । अब नेपालले दोस्रो खेलमा सोमबार कीर्गिस्तानसँग खेल्नेछ ।

त्यस्तै नेपालले मंगलबार आयोजक बंगलादेश र अन्तिम खेलमा बुधबार माल्दिभ्सको सामना गर्नेछ । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);