शतप्रतिशत जितसहित नेपाल फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

शतप्रतिशत जितसहित नेपाल फाइनलमा

VOLLEYBALL

काठमाडौं, २७ कात्तिक । नेपाल अपराजित रहदै बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बंगलादेशको राजधानी ढाकामा भएको लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–० को सेटमा पराजित गर्दै नेपाल शतप्रतिशत जितसहित शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । अब नेपालले उपाधिका लागि माल्दिभ्ससँग नै खेल्नेछ । माल्दिभ्स पनि लिगको दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको छ ।

ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपालले माल्दिभ्सलाई २५–१४, २५–६ र २५–१३ को सेटमा पराजित गर्यो । खेलमा नेपालकी सरस्वती चौधरी प्लेयर अफ दि म्याच चुनिइन । यस अघि नेपालले अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);