एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको ट्रफी सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको ट्रफी सार्वजनिक

ACC Emarging-cup

एजेन्सी, २७ कात्तिक । बंगलादेशमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको ट्रफी सार्वजनिक भएको छ । बंगलादेशको ढाकामा मंगलबार एक कार्यक्रमको बीच ट्रफी सार्वजनिक गरिएको हो ।

बिहीबारदेखि सुरु हुने खेलको ट्रफी सार्वजनिक कार्यक्रममा नेपालसहित आठ राष्ट्रका कप्तान सहभागी थिए । प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताका लागि नेपाली टिम बंगलादेश पुगिसकेको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टिममा निर्वतमान कप्तान पारस खड्का र सन्दीप लामिछाने छैनन् । नेपालले बिहीबार भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नोभेम्बर १८ मा खेल्ने छ । प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);