बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

VOLLEYBALL

काठमाडौं, २६ कात्तिक । नेपाल, बंगलादेशमा जारी एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताकोे फाइनलमा प्रवेश गरेको छ ।

बंगलादेशको राजधानी ढाका स्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा मंगलबार बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

नेपालले लगातार तेस्रो जित हातपार्ने क्रममा बंगलादेशलाई २५–७, २५–६ र २५–६ को सेटमा हराएको हो । स्वर्ण पदक जित्ने लक्ष्यका साथ बंगालदेश पुगेको नेपालले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा कीर्गिस्तानलाई ३–० कै सोझो सेटमा पराजित गरेको थियो ।

नेपालले बुधबार लिग चरणको अन्तिम खेलमा बलियो प्रतिद्वन्दी माल्दीभ्ससँग खेल्नेछ । राउण्ड रोबिन आधारमा भएको खेलमा लिगको शीर्ष दुई टिमले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);