विजेता भलिबल टोली भोलि स्वदेश फर्कने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विजेता भलिबल टोली भोलि स्वदेश फर्कने

काठमाडौं । एसियन भलिबल कन्फेरेन्स (एभीसी) सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको च्याम्पियन नेपाली राष्ट्रिय महिला भलिबल टोली बिहीबार बिहान सवा ११ बजे नेपाल फर्कने भएको हो । बङ्गलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएर लगातार दोस्रो पटक उपाधि भित्राएको हो ।

प्रतियोगितामा आफ्नो पहिलो खेल श्रीलंका र फाइनलमा उज्बेकिस्तानसँग दुई–दुई सेट बाँडे बाहेक नेपाली टोलीले आयोजक बंगलादेश, माल्दिभ्स र किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो ।

प्रतियोगिताको साबिक विजेता नेपालले यसअघि सन् २०१९ मा बंगलादेशमै सम्पन्न प्रतिायोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराएर पहिलो पटक भलिबलमा सबैभन्दा ठुलो उपाधि हात पारेको थियो ।

पुरुषतर्फ तेस्रो स्थानको लागि भएको खेलमा नेपाल उज्बेकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो । पुरुष टोलीसमेत भोलिनै आइपुग्नेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);