एभिसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एभिसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

nepal champion

काठमाडौं, २८ कात्तिक । नेपालले बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । ढाकामा बिहिबार भएको फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले उपाधि जितेको हो ।

शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सेटमा पराजित गरेको हो । नेपाली महिला भलिबल टोलीका लागि यो ऐतिहासिक उपाधि हो ।

नेपाली भलिबलले जितेको यो पहिलो अन्तराष्ट्रिय उपाधि हो । यस अघि नेपालले लिग चरणमा माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);