उपाधि जितेर महिला भलिबल टोली स्वदेश फर्किए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उपाधि जितेर महिला भलिबल टोली स्वदेश फर्किए

काठमाडौं, २९ कात्तिक । बंगलादेशमा सम्पन्न पहिलो संस्करणको भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिम स्वदेश फर्किएको छ ।

बंगलादेशमा सम्पन्न सो प्रतियोगितामा विजेता नेपाली महिला भलिवल टोली शुक्रबार अपरान्ह स्वदेश फर्किएको हो । त्यस अवसरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपाधि विजेता खेलाडीहरुलाई नेपाल भलिबल संघ र राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरुले भव्य स्वागत गरेका थिए ।

बिहीबार बंगलादेशको ढाकामा भएको फाईनल खेलमा माल्दिभ्सलाई ३–० सो सोझो सेटमा हराउँदै नेपालले ऐतिहासिक उपाधि हात पार्न सफल भएको थियो । महिला भलिबल टिमले जितेको सो उपाधिको नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो ।

टिमकी कप्तान अरुणा शाहीले सो प्रतियोगिताबाट विजयी भएपछि आगामी दक्षिण एशीयाली खेलकुद प्रतियोगितामा पनि उपाधि जित हासिल गर्ने आँट र साहस दुवै बढेको प्रतिक्रिया दिनु भयो । उहाँले प्रतियोगितामा आफूहरुलाई विजेता बनाउन हौसला प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्नु भयो । प्रतियोगितामा नेपाली टोलीकी प्रतिभा माली उत्कृष्ट स्पाईकर भएकी थिइन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);