विश्वकप फुटबलको दोश्रो चरणको छनौट अन्तर्गत कुवेतसंग खेल्ने नेपाली टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विश्वकप फुटबलको दोश्रो चरणको छनौट अन्तर्गत कुवेतसंग खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं, २९ कात्तिक । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँग खेल खेल्ने नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार कुवेतसँग खेल्ने २३ सदस्सिय नेपाली टिमको घोषणा गरेको हो । नेपालले मंसिर ३ गते भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा कुवेतसँग खेल्दैछ ।

नेपालले कुवेतसँगको खेल अघि गत साता म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालको पहिलो होम खेलको रुपमा रहेको उक्त खेल यस अघि दशरथ रंगशाला हुने तय भएको थियो ।

तर, पुननिर्माण भईरहेको नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) ले खेल अन्तै गर्न एन्फालाई निर्देशन दिएको थियो ।

सोही कारण खेल भुटानमा हुन लागेको हो । छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । समूह बी मा नेपाल समूहको चौंथो स्थानमा छ ।

नेपाली टिम :

गोलकिपर : विकेश कुथु,   विशाल श्रेष्ठ, किरण चेम्जोङ

डिफेन्डर : सुमन अर्याल, देवेन्द्र तामाङ, सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ,  रजिन धिमाल

मिडफिल्डर : सन्तोष तामाङ, मिक्छेन तामाङ, रोहित चन्द, सुनिल बल, रवी पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ

फरवार्ड : विमल घर्ति मगर, नवयुग श्रेष्ठ, अविशेक रिजाल, भरत खवास

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);