मैत्रीपूर्ण खेलका लागि म्यानमार जाने फुटबल टिमको विदाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

मैत्रीपूर्ण खेलका लागि म्यानमार जाने फुटबल टिमको विदाई

काठमाडौं, १७ कात्तिक । मैत्रीपूर्ण खेलका लागि म्यानमार जाने नेपाली राष्ट्रिय फुटवल टोलीको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालगायतका पदाधिकारीहरुले आईतबार ललितपुरको सातदोबाटोस्थित एन्फा परिसरमा टोलीको विदाई गरेका हुन् ।

खेलाडीको विदाईपछि अध्यक्ष शेर्पाले म्यानमारविरुद्ध नेपाली टोलीले उच्च प्रर्दशन गर्ने विश्वास व्यक्त गर्नु भयो ।
football team bidai
२३ सदस्यीय खेलाडीसहितको नेपाली टोली आईतबार नै म्यानमार गएको छ । नेपालले म्यानमारसँग आगामी कार्तिक २१ गते बिहीबार मैत्रीपूर्ण खेल खेल्नेछ । कतारमा आयोजना हुने फिफा विश्वकप छनौट अन्तरगत समूह चरणको खेल खेलिरहेको नेपालले घरेलु मैदानमा हुने खेल अघि म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले पहिलो घरेलु खेलमा कुवेतसँग आगामी मंसीर ३ गते दशरथ रंगशालामा खेल्नेछ । विश्वकप छनौटको समूह ‘बी’ मा रहेको नेपालले ४ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);