दोस्रो टी–ट्वान्टी : इंग्ल्याण्ड न्युजिल्याण्डसँग पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

दोस्रो टी–ट्वान्टी : इंग्ल्याण्ड न्युजिल्याण्डसँग पराजित

england vs new zealand1

काठमाडौं, १७ कात्तिक । घरेलु टिम न्युजिल्याण्डले इंग्ल्याण्डविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ । आइतबार विलिङटनमा भएको खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई २१ रनले पराजित गरेको हो ।

न्युजिल्याण्डले दिएको १७७ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १९ ओभर ५ बलमा अलआउट हुँदै १५५ रनमा समेटियो । इंग्ल्याण्डका लागि डेभिड वालनले ३९ रन जोडे । यस्तै क्रिस जोर्डनले ३६ तथा कप्तान इयान मोर्गनले ३२ रन बनाए । न्युजिल्याण्डका मिचेल स्टाननरले ३ विकेट लिए ।

यस्तै टिम साउथे, लक्की फर्गुसन र इश सोधीले २–२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो । न्युजिल्याण्डका लागि जेम्स निशमले ४२ तथा मार्टिन गुप्टिलले ४१ रन बनाएका थिए । यस्तै रोस टेलर र कोलिन डी ग्राण्डहोमेले समान २८–२८ रन जोडे । इंग्ल्याण्डका क्रिस जोर्डनले ३ विकेट लिए । साम करनले २ विकेट लिए । जितसँगै न्युजिल्याण्डले पाँच खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । यसअघि पहिलो खेलमा इंग्ल्याण्डले ७ विकेटको जित निकालेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);