इंग्ल्याण्डविरुद्धकोे तेस्रो टी–ट्वान्टी क्रिकेटमा न्युजिल्याण्ड विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

इंग्ल्याण्डविरुद्धकोे तेस्रो टी–ट्वान्टी क्रिकेटमा न्युजिल्याण्ड विजयी

england vs new zealand

एजेन्सी, १९ कात्तिक । इंग्ल्याण्डविरुद्धकोे तेस्रो टी–ट्वान्टी क्रिकेट घरेलु टोली न्युजिल्याण्डले जितेको छ । निकालेको छ । न्युजिल्याण्डको नेल्सनमा मंगलबार भएको खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई १४ रनले पराजित गरेको हो ।

न्युजिल्याण्डले दिएको १सय८१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो । इंग्ल्याण्डका लागि डेभिड वालनले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि जित निकाल्न सकेनन् । यस्तै जेम्स भिन्सले ४९ रन बनाए । न्युजिल्याण्डका ब्लैर टिक्नर र लक्की फर्गुसनले २–२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । न्युजिल्याण्डका लागि कोलिन डी ग्राण्डहोमेले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्टिन गुप्टिलले ३३ तथा रोस टेलरले २७ रन जोडे । जितसँगै पाँच खेलको सिरिजमा न्युजिल्याण्डले २–१को अग्रता बनाएको छ । यसअघि पहिलो खेलमा इंग्ल्याण्ड ७ विकेटले तथा दोस्रो खेलमा न्युजिल्याण्ड २१ रनले विजयी भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);