आईसीसी वर्ल्ड टी–२० क्रिकेटको तालिका सार्वजनिक, उद्घाटन खेलमा श्रीलंका र आयरल्याण्डबीच हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

आईसीसी वर्ल्ड टी–२० क्रिकेटको तालिका सार्वजनिक, उद्घाटन खेलमा श्रीलंका र आयरल्याण्डबीच हुने

ICC T-20

एजेन्सी, १९ कात्तिक । आईसीसी वर्ल्ड टी २० क्रिकेटको तालिका सार्वजनिक भएको छ । २०२० को अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अस्ट्रेलियामा आयोजना हुने विश्वकपको खेल तालिका सार्वजनिक भएको हो ।

खेल तालिका अनुसार १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा १० टिम आईसीसीको वरियतमा शीर्ष १० स्थानमा रहेका छन् भने बाँकी ६ टिम यसै वर्ष भएको क्वालीफायर चरण पार गरेर छनोट भएका टिम छन् । टी–२० विश्वकपको उद्घाटन खेलमा श्रीलंकाको सामाना आयरल्याण्डसँग हुनेछ । टी २० विश्वकपको फाइनल खेल भने नोभेम्बर १५ मा मेलवर्नमा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);