नेपालसँग एमसीसी ५ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालसँग एमसीसी ५ विकेटले पराजित

nepal vs mcc

काठमाडौं, १८ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीले इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध एकदिवसीय क्रिकेटमा ५ विकेटको जीत निकालको छ।

किर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा भएको खेलमा एमसीसीले दिएको २सय २ रनको लक्ष्य नेपालले ३८ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो ।

नेपालको जीतमा पवन शर्राफ, ललित राजवंशी र विनोद भण्डारीको प्रमुख योगदान रह्यो । नेपालका लागि विनोद भण्डारीले नट आउट ५० रनको अर्धशतकीय पारि खेले ।

पवन शर्राफ ३५ रनमा नट आउट रहे । शरद भेष्वाकरले २४ तथा दीपेन्द्र सिंह ऐरीले २१ रन बनाए । यसअघि पहिले व्याटिङ गरेको एमसीसीले ३९ दशमलव २ ओभरमा २ सय १ रन बनाउँदा सबै विकेट गुमायो ।

एमसीसीलाई २ सय १ रनमा रोक्न नेपालका ललित राजवंशी र पवन शर्राफले ४–४ विकेट लिए । नेपालको भ्रमणमा रहेको इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लबले आइतबार नेपालको १९ बर्षमुनिको टोलीलाई ३८ रनबाट हराएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);