त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालद्वारा मेरिलेबोन क्रिकेट क्लब ९ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालद्वारा मेरिलेबोन क्रिकेट क्लब ९ विकेटले पराजित

cricket

काठमाडौं, १४ साउन । त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले मेरिलेबोन क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ ।

वर्षाका कारण ६ ओभरमा झारिएको खेलमा मेरिलेबोनले दिएको ४१ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४ दशमलव ४ ओभरमा ४१ रन पूरा गरेको थियो । नेपालका सुुवास खकुरेलले नट आउट १६ रन जोडे भने उपकप्तान ज्ञानेन्द्र मल्ल पनि १२ रनमा नट आउट रहे । नेपालका लागि ओपनर अनिल साहले ९ रन बनाए । उनले ९ बलको सामना गर्दै २ चौका प्रहार गरेका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एमसीसीले निर्धाति ६ ओभरमा ४ विकेटको क्षतिमा ४० रन बनाएको थियो । खराब मौसमका कारण इंल्याण्डको लर्डर्स मैदानमा भएको नेपाल र नेदरल्याण्डबीचको खेल भने रद्द भएको छ । इंग्ल्यान्डको लर्ड्स मैदानमा पटक पटक पानी परेपछि प्रतियोगिता रद्द भएको हो । त्रिकोणीय प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा नेपालले नेदरल्याण्डबिरूद्ध टस जितेर पहिले बलिङ गरिरहेको थियो ।

तर, पटक पटक वर्षाले खेल रोकिएपछि खेल रद्द भएको हो । खेल रोकिनु अघि नेदरल्याण्डले १६ दशमलव ४ ओभरमा ४ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । नेपालका लागि करन केसी, बसन्त रेग्मी र सोमपाल कामीले एक एक विकेट लिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);