ललितपुरमा ‘मेयर कप’ टेवलटेनिस प्रतियोगिता हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ललितपुरमा ‘मेयर कप’ टेवलटेनिस प्रतियोगिता हुने

ललितपुर, १९ कात्तिक । ललितपुरको नागबहालमा ‘दोस्रो मेयर कप’ टेवलटेनिस प्रतियोगिता आयोजना हुने भएको छ । ललितपुर महानगरपालिकाको १६ नम्बर वडाको संयोजनमा यही कार्तिक २३ गते शनिबारदेखि कार्तिक ३० गतेसम्म वडा स्तरीय सो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै टेवलटेनिस खेलका प्रशिक्षक राजेन्द्र कपालीले स्थानीय वडा तहका करिव ४ सयभन्दा बढि महिला तथा पुरुष खेलाडीहरुको सो प्रतियोगितामा सहभागिता हुने जानकारी दिनु भयो ।

प्रतियोगितामा सिंगल ईभेन्टमा प्रथम हुने खेलाडीलाई १० हजार, द्धितीय हुने खेलाडीलाई ५ हजार र तृतिय हुने खेलाडीलाई ३ हजार नगदसहितको पुरस्कार दिने पनि घोषणा गरिएको छ । सो खेलकुद प्रतियोगिता संचालनका लागि करिव ८ लाख ५० हजार बजेट लाग्ने अनुमान पनि गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);