सुनवलमा चौथो मेयर कप फुटबल प्रतियोगिता हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुनवलमा चौथो मेयर कप फुटबल प्रतियोगिता हुने

नवलपरासी, ११ फागुन । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा फागुन १३ गतेदेखि २५ गतेसम्म ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित चौथो मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

सुनवल वडा नम्बर ६ बिसासय स्थित खेल मैदानमा हुने नगरस्तरिय फुटबल प्रतियोगिताबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल फुटबल सघ नवलपरासीका महासचिव तथा बिग बुद्ध समितिका सदस्य सुबिन्द्र कुवँरले सुनवल नगरपालिकाका १३ वडाबाट समूह ए र समूह बी गरि १३ टिम सहभागी हुने बताए ।

कुवरका अनुसार प्रतियोगिताको बिजेता समुहले १ लाख २० हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् भने उपबिजेता समुहले ६० हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् । त्यस्तै सेमिफाइनलमा जाने २ समूहलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने छ भने उत्कृष्ट खेलाडीले नगद ३ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताका संयोजक वडा नम्बर ६ का वडाध्यक्ष रामप्रसाद लामाले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भईसकेको जानकारी दिए । सुनवल नगरपालिकाले सो प्रतियोगिताको लागि १० लाख रुपैयाँ बजेट छुट्याएको छ भने प्रतियोगिताको सह आयोजक बिग बुद्ध समितिले अन्य नपुग रकम सहयोग गर्ने छ ।

सुनवल नगरपालिकाले हरेक वर्ष सञ्चालन गर्ने मेयर कप फुटबलका बिजेता खेलाडीहरु ’ए डिभिजन’ लेभलको प्रतियोगितासम्म सहभागी भईसकेका कारणले पनि यस प्रतियोगितालाई जिल्लामै महत्वपूर्ण प्रतियोगिताको रुपमा लिने गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);