प्रिमियर लिग : क्रिष्टल प्यालेससँग ब्राइटन पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रिमियर लिग : क्रिष्टल प्यालेससँग ब्राइटन पराजित

एजेन्सी, ११ फागुन । इंग्लिश प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसले जित निकालेको छ । सोमबार राति अवे मैदानमा भएको खेलमा क्रिष्टल प्यालेसले ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

२८ औँ मिनेटमा जिन–फिलिपे मातेताले गोल गरेर प्यालेसलाई सुरुवाति अग्रता दिलाए । ५५ औँ मिनेटमा ब्राइटनका लागि डिफेन्डर जोएल वेल्ट्म्यानले बराबरी गोल गरे । तर इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा क्रिष्टियन बेन्तेकेले गोल गरि क्रिष्टल प्यालेसलाई जित दिलाएका हुन् ।

जितसँगै २५ खेलबाट ३२ अंकसहित क्रिष्टल प्यालेस १३ औँ स्थानमा उक्लिएको छ । चने ब्राइटन २६ अंकसहित १६ औँ स्थानमा कायम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);