म्यानचेस्टरले क्रिष्टललाई २–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

म्यानचेस्टरले क्रिष्टललाई २–० ले पराजित

म्यानचेस्टर सिटी चार सिजनमा तेस्रो इंग्लिस प्रिमियर लिग उपाधिको नजिक पुग्न सफल भएको छ ।

शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको हो ।

आइतबार राति हुने खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी लिभरपुलसँग पराजित भएमा म्यानचेस्टर सिटीले चार खेल बाँकी हुँदै उपाधि पक्का गर्ने छ ।

शनिबार राति अवे मैदानमा भएको खेलमा सिटीका लागि दोस्रो हाफको ५७ औँ मिनेटमा सर्जियो अग्युरो र ५९ औँ मिनेटमा टोरेसले गोल गरेका हुन् ।

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३४ खेलबाट ८० अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३३ खेलबाट ६७ अंक रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);