इंग्लिस प्रिमियर लिग: चेल्सी बराबरीमा रोकियो, शेफिल्डद्वारा क्रिष्टला प्यालेस पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

इंग्लिस प्रिमियर लिग: चेल्सी बराबरीमा रोकियो, शेफिल्डद्वारा क्रिष्टला प्यालेस पराजित

chelsea

एजेन्सी, २ भदौ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको दोस्रो खेलमा चेल्सी बराबरीमा रोकिएको छ ।

इंग्लिस प्रिमियर लिग फुटबलमा फ्र्यांक लाम्पार्डलार्ईलाई जित निकाल्नका लागि अझै पर्खनु पर्ने भएको छ । लाम्पार्डको प्रशिक्षणमा रहेको चेल्सीले यो सिजनको पहिलो खेलमा पराजय भोगेको थियो ।लिगको दोस्रो खेलमा आइतबार राति चेल्सी बराबरीमा रोकियो । घरेलु मैदानमा भएको खेलमा चेल्सी लेस्टर सिटीसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको सुरुमै अग्रता लिएर पनि चेल्सीले त्यसलाई जोगाउन सकेन ।सातौँ मिनेटमा मेसन माउन्टले गोल गरेर टिमलाई सुरुवाति अग्रता दिलाएका हुन् ।

पहिलो हाफमा पछि परेको लेस्टरले दोस्रो हाफमा गोल गर्दै बराबरी गरेको हो । लेस्टरका लागि ६७ औँ मिनेटमा एनडिडीले गोल गरेका हुन् । बराबरीपछि चेल्सीले लिगमा पहिलो अंक जोडेको छ । प्रिमियर लिग अन्तर्गत आइतबार राति नै भएको खेलमा शेफिल्ड युनाइटेडले क्रिष्टल प्यालेसलाई पराजित गरेको छ । शेफिल्डले क्रिष्टला प्यालेसलाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा शेफिल्डको जितमा ४७ औँ मिनेटमा जोन लुण्डस्ट्रोमले गोल गरेका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);