च्याम्पियन्स लिगको खेलमा रियल मड्रिड र चेल्सी बराबरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

च्याम्पियन्स लिगको खेलमा रियल मड्रिड र चेल्सी बराबरी

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र चेल्सीले बराबरी खेलेका छन् ।

मंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल र इंग्लिस क्लब चेल्सी १–१ गोलको बराबरी खेलेका हुन् । रियलको मैदान अल्फ्रेडो डी स्टेफानोमा भएको रोमान्चक खेलमा सुरुवाती अग्रता भने चेल्सीले टोलीले बनाएको थियो ।

खेलको १४ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाएका थिए । उनले एन्टोनियो रुडिगरको पासलाई सदुपयोग गरे । तर, खेलको २९ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याए ।

इडर मिलिटाओको पासमा उनले गोल गरे । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेन र खेल बराबरीमा सकियो ।

यस बराबरीसँगै दुबै टोलीको फाइनल पुग्ने सम्भावनालाई कायम रहेको छ । अब दोस्रो लेगको खेल आगामी मे ६ मा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);