बैंगलोरसँग दिल्ली क्यापिटल्स १ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बैंगलोरसँग दिल्ली क्यापिटल्स १ रनले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ ।

मंगलबार राति अहमदाबादमा भएको खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा उक्लिएको हो । बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।

कप्तान ऋषव पन्त र शिम्रोन हिटमायरले अर्धशतकीय इनिङ्स खेलेपनि दिल्लीलाई जित दिलाउन सकेनन् । कप्तान पन्तले अविजित ५८, हिटमायरले अविजित ५३, मार्कुस स्टोनिसले २२ रन जोड्दा पृथ्वी शले २१ रन बनाए ।

बैंगलोरका हर्सल पटेलले २ विकेट लिए भने मोहमद सिराज र केली जेमिसनले १÷१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७५, रजत पाटीदरले ३१, ग्लेन म्याक्स्वेलले २५, कप्तान विराट कोहली १२ र देबदुत पडिकलले १७ रन बनाए । दिल्लीका इशान्त शर्मा, कागिसो राबडा, अभेस खान, अमित मिश्रा र अक्षर पटेलले १÷१ विकेट लिए ।

जितसँगै ६ खेलमा १० अंक जोड्दै बैंगलोर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने दिल्ली ६ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);