जर्मन क्लब बायर्न म्युनिखको मुख्य प्रशिक्षकमा जुलियन नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जर्मन क्लब बायर्न म्युनिखको मुख्य प्रशिक्षकमा जुलियन नियुक्त

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले जुलियन नागेल्समानलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । बायर्नले मंगलबार जुलियनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हो ।

जुलियन अहिले जर्मनीकै आरबी लाइपजिगका प्रशिक्षक रहेका छन् । उनी जुलाई १ बाट बायर्नमा आबद्द हुने छन् । ३३ वर्षीय जुलियनले बायर्नसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

मुख्य प्रशिक्षक हन्सी फ्लिक्सले क्लबसँगको सम्झौता टुंगाएपछि बायर्नले जुलियनलाई टिमको जिम्मेवारी दिएको हो । यसपाली युरोपीयन च्याम्पियन्स लिगबाट बाहिरिसकेको बायर्न म्युनिख बुन्डेसलिगाको उपाधि नजिक रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);