बुण्डेसलिगा : बायर्न म्युनिखद्वारा हफेनहेम ३–१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बुण्डेसलिगा : बायर्न म्युनिखद्वारा हफेनहेम ३–१ ले पराजित

bbayern vs hoffenheim

एजेन्सी , ९ भदौ । शनिबारदेखि जर्मन फुटबल लिग बुण्डेसलिगाको नयाँ सिजन सुरु भएको छ । पहिलो खेलमा बायर्न म्युनिखले नाटकीय खेलमा हफेनहेमलाई ३–१ गोलले पराजित गरेको छ ।

यसै सिजन अनुबन्ध भएका बार्यनका प्रशिक्षक निको कोभाकको यो पहिलो लिग खेल हो । खेलको २३औं मिनेटमा थोमस मुलरले गोल गरी बायर्न लाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता बनाएको बायर्नले दोस्रो हाफको सुरुमै गोल खान पुग्यो ।

हफेनहेमका लागि अडम जालाइले गोल गरेका थिए । तर, खेलको अन्त्यतिर बायर्नले पेनाल्टी पायो । ८२औं मिनेटमा पाएको पेनाल्टीमा रोवर्ट लेवाण्डोस्कीले गोल गरी अग्रता २–१ को अवस्थामा र्पुयाए । खेलको अन्तिम मिनेटमा आर्जेन रोवेनले बायर्नका लागि निर्णायक गोल गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);