काठमाडौं ।
रातो मत्स्येन्द्रनाथको रथ मंगलवार (आज) बाट तान्न शुरु गरिएको छ ।पुल्चोकमा निर्माण गरिएको रथ मंगलवार बाजागाजासहित गःबहाल पु¥याइएको हो । वैशाख १२ गतेबाट शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७ मा मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको थियो । रातो मत्स्येन्द्रनाथको रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पु¥याएर भोटो देखाई अन्त्य गर्ने प्रचलन रहेको छ ।




