काठमाडौं ।
ऐतिहासिक एवं सांस्कृतिक महत्वको रातो मत्स्येन्द्रनाथको रथ आज बिहीवार बिहान लगनखेलबाट तानेर चारदोबाटो पुर्याइएको छ । बुधवार नरिवल खसाल्ने जात्रा (नरिवल जात्रा) सम्पन्न भएपश्चात आज बिहानैदेखि रथ तान्ने प्रक्रिया शुरु गरिएको हो । जात्राको यस विशेष खण्डमा परम्पराअनुसार महिलाहरूले मात्र रथ तान्ने प्रचलन रहेको छ । सोही परम्परालाई निरन्तरता दिँदै आज महिलाहरूको मात्र सहभागितामा रथलाई लगनखेलबाट चारदोबाटोसम्म पुर्याइएको हो ।





