रातो मत्स्येन्द्रनाथको रथ मंगलबजारमा, आज सुन्धारा पुर्याइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजारमा, आज सुन्धारा पुर्याइने

ललितपुर । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ बुधवार गाबहालबाट तानेर मंगलबजार पुर्याइएको छ ।
स्थानीयवासी र गुठियारहरूको विशेष सक्रियतामा रथ तानेर मंगलबजार पुर्याइएको हो ।

आज बिहीबार मंगलबजारबाट पाटनको सुन्धारामा रथ लगिने कार्यक्रम रहेको छ । जात्रा तालिका अनुसार आज दिउँसोपछि रथ सुन्धाराका लागि प्रस्थान गर्नेछ ।

मंगलबारबाट विधिवत रुपमा शुरु भएको रातो मत्स्येन्द्रनाथको रथ यात्रा मंगलबार साँझ पुल्चोकबाट तानेर गाबहाल लगिएको थियो । आज बिहानैबाट मंगलबजारमा पूजाआजा गर्ने भक्तजनहरूको ठूलो भीड लागेको छ । स्थानीय बासिन्दाहरूले रथको दर्शन र पूजा अर्चना गरिरहेका छन् ।

जात्रालाई शान्तिपूर्ण र भव्य रुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था पनि मजबुत पारिएको छ ।

Leave a Reply