नेपाली फुटबलमा जीपीएस ट्रयाकर विधिको प्रयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपाली फुटबलमा जीपीएस ट्रयाकर विधिको प्रयोग

काठमाडौं, ८ भदौ । साफ च्याम्पियनसिपको तयारीमा जुटेको नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार देखि ‘जीपीएस ट्रयाकर’ प्रणाली प्रयोग सहितको अभ्यास सुरु गरेको छ ।

भदौ १९ गतेदेखि बंगलादेशमा हुने साफ च्याम्पियनसिप प्रतियोगितालाई ध्यानमा राखेर राष्ट्रिय टोलिले पहिलोपटक ‘जीपीएस ट्रयाकर’ प्रयोगसहितको प्रशिक्षण गरिएको हो । अन्य देशमा धेरै अगाडिदेखि यसको प्रयोग गरिएपनि नेपाली फुटबलमा भने पहिलोपटक प्रयोग गरिएको हो ।

नेपाली राष्ट्रिय फूटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले जिपिएस ट्रयाकर प्रविधिले साफगेममा मात्र नभइ नेपाली फुटबलको विकासमा सघाउ पुग्ने बताए । खेलाडीको सम्पूर्ण अभिलेख राख्दै अभ्यासमा खेलाडीको प्रतिक्रिया, गति र सीपबारे जानकारी दिने यो प्रविधिको प्रयोगले समग्र खेललाई नैं सुधार गर्ने उनको दावी छ ।

थाइल्यान्डमा १० दिने प्रशिक्षण र एसियन गेम्सबाट फर्किएपछि नेपाली टोलीले बिहीबारदेखि अभ्यास सुरु गरेको छ । साफका लागि २९ खेलाडी बन्द प्रशिक्षणमा छन् ।

साफ च्याम्पियनसिपको समूह ‘ए’मा रहेको नेपालले यही भदौ १९ गते पाकिस्तानविरुद्ध खेलेर साफको सुरुवात गर्नेछ भने दोस्रो खेलमा भुटानसँग भदौ २१ र बंगलादेशसँग २३ मा खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);