१८औँ एसियाड : नेपालको फितलो प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

१८औँ एसियाड : नेपालको फितलो प्रदर्शन

प्रसन्न ढुंगाना
काठमाडौं, ६ भदौ । इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुद प्रतियोगितामा नेपालले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । तर, भारोत्तोलन र पाराग्लाईडिङमा भने नेपालको प्रदर्शन उत्साहजनक रहेको छ ।

इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुद प्रतियोगितामा भारोत्तोलनतर्फ नेपालका कमलबहादुर अधिकारी छैटौं भए । अधिकारीले यसअघिको आफ्नो राष्ट्रिय कीर्तिमान भङ्ग गरे ।

एसियाली खेलको मार्चपासमा नेपाली झण्डा बोकेका अधिकारी दक्षिण एशियाली खेलकुद सागका स्वर्ण पदक विजेता हुन् । अधिकारीले ६९ केजी तौल समूहको स्न्याच, क्लिन एण्ड जर्क र कुलमा गरि तीन राष्ट्रिय कीर्तिमान बनाए ।

अधिकारीले स्न्याचमा १ सय १९, क्लिन एण्ड जर्कमा १ सय ६० केजी तौल गरि कुल २ सय ७९ तौल उठाउँदै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । यता पाराग्लाईडिङमा पनि नेपालको प्रदर्शन उत्साहजनक छ ।

नेपालले महिला र पुरुषको एकल एक्युरेसी र टिम एक्युरेसीमा पदकको सम्भावना जिवितै राखेको छ । एकल महिला एक्युरेसीमा पाँचौ राउण्डसम्म आइपुग्दा नेपालकी त्रिशा श्रेष्ठ वोमजन ३ सय ३० स्कोर गर्दै १० औं स्थान छिन् ।

यो स्पर्धामा प्रतिभा भुजेल ३ सय ५९ अंकका साथ १६ औं स्थानमा छिन् । यसैगरी पुरुष एकल एक्युरेसीमा बिजय गौतम १ सय २२ अंकका साथ १४ औं स्थानमा रहँदा सुशील गुरुङ ४० अंकका साथ २५ औं स्थानमा छन् ।

यस्तै महिला टिम एक्युरेसीमा १३ सय ९५ अंकका साथ नेपाल चौथो स्थानमा छ । यो विधामा नेपालका प्रतिभा भुजेल, त्रिशा श्रेष्ठ वमजन र सविता तामाङले नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् । पुरुष टीम एक्युरेसीमा नेपाल ८ औं स्थानमा रहेको छ ।

चौथो राउण्डसम्मको खेल सकिँदा नेपाल ३ सय ४७ अंक बटुल्दै ८ औं स्थानमा रहेको छ । पाराग्लाईडिङको व्यक्तिगत एक्युरेसीमा १० राउण्ड तथा टिम एक्युरेसीमा ६ राउण्डको खेल हुन्छ । एक्युरेसीका खेल सकिएपछि शुक्रबारबाट क्रस कन्ट्री प्रतिस्पर्धा हुनेछ ।

नेपालले यो विधामा पदकको आशा गरेको छ । यता एसियाड टेनिसमा नेपालको प्रदर्शन सहभागितामै सीमित भएको छ । टेनिससगैँ तेक्वान्दोमा पनि बुधबार नेपाल निराश हुनुपर्यो । भलीबलतर्फ नेपाल चाइनिज ताइपेइसँग पराजित भएको छ भने पौडीतर्फका गौरीका सिंह र शुभम् श्रेष्ठ हिट चरणबाटै बाहिरिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);