इङ्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुलबीचको खेलमा ३–३ गोलको बराबरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ला लिगामा आज चिर प्रतिद्धन्द्धी रियल मड्रिड र बार्सिलोना भिड्ने 

एजेन्सी, ८ पुष । इङ्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् ।

 

लिग अन्र्तगत गएराति भएको खेलमा आर्सनल र लिभरपुलले ३–३ गोलको बराबरी खेलेका हुन् । अत्यन्तै रोमाञ्चक खेलमा ६ मिनेटको अन्तरमा चार गोल भएको छ । २ गोलले पछाडि परेको आर्सनलले पाँच मिनेटको अन्तरमा तीन गोल ग¥यो । लिभरपुलले २६ औं मिनेटमा फिलिप काउटिन्हो र ५२ औं मिनेटमा मोहम्मद सलहको गोलमा अग्रता लिएको थियो । तर त्यसपछिको पाँच मिनेटमा आर्सनलले लगातार तीन गोल फर्काएर अग्रता लियो । आर्सनलका लागि ५३ औं मिनेटमा एलेक्सिज सान्चेज, ५६ औं मिनेटमा जाका र ५८ औं मिनेटमा लाकाजेटीले गोल गरेका हुन् । एक गोलले पछि परेको अवस्थामा लिभरपुलले ७१ औं मिनेटमा बराबरी गोल फर्कायो । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र खेल बराबरीमा टुंगियो ।

 

बराबरीसँगै लिभरपुल चौंथो तथा आर्सनल पाँचौं स्थानमा यथावत छन् । उता ला लिगाअन्र्तगत आज चिर प्रतिद्धन्द्धी रियल मड्रिड र बार्सिलोना आमनेसामने हुँदैछन् । एल क्लासिकोमा हुने खेलका लागि स्टार खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र गारेथ बेल शतप्रतिशत रुपमा तयार रहेको रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले बताएका छन् । ला लिगामा यो सिजन अपराजित रहेको बार्सिलोना १६ खेलबाट ४२ अंकसहित शीर्ष स्थानमा छ भने रियल मड्रिड १५ खेलबाट ३१ अंकसहित चौंथो स्थानमा छ । ते्रसो स्थानको भ्यालेन्सिया र छैटौं स्थानको भिल्लारियल पनि आज आमनेसामने हुँदैछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);