इपीएल अन्तर्गत आजको पहिलो खेलमा विराटनगर वारिवर्स विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भैरहवा ग्लाडिएटर्स ३५ रनले पराजित, जितसँगै विराटनगर लिग तालिकाको शीर्ष स्थानमा यथावत

काठमाडौं, ८ पुष । एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज भएको पहिलो खेलमा विराटनगर वारिवर्स विजयी भएको छ ।

 

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा भैरहवा ग्लाडिएटर्सलाई ३५ रनले पराजित गर्दै विरटनगरले लगातार चौथो जित निकालेको हो । विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको भैरहवा १८ ओभर ३ बल खेल्दै १ सय १४ रन समेटियो । भैरहवाका लागि प्रदीप एरी र हरिशंकर साहले समान १८÷१८ रन जोडे । त्यस्तै पुनित बिष्टले १५ तथा भुवन कार्कीले १२ रन बनाए । विराटनगरका अविनास कर्णले ४ तथा बसन्त रेग्मीले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

 

विराटनगरका लागि अंशुमान रथले अर्धशतकीय पारी खेले । रथले ५० बलमा ५७ रनको महत्वपूर्ण योगदान गरे । त्यस्तै, बाबर हायातले ३६ रन जोड्दा कप्तान पारस खड्काले १५ रन बनाए । प्रनित थापा मगरले १४ रन जोड्दा करण केसी ११ रनमा अविजित रहे । भैरहवाका हरिशंकर साहले ३ तथा आरिफ शेखले २ विकेट लिए । यो जितसँगै विराटनगर ४ खेलबाट ८ अंक जोडेर लिगको शिर्ष स्थानमा रहेको छ । पराजित भैरहवा लिगको तेस्रो स्थानमा रहेको छ । तीन खेलमा पहिलो हार बेहोरेको भैरहवाले ४ अंक जोडेको छ ।
०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);