ओमारजाई प्रेरित ललितपुरको पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

ओमारजाई प्रेरित ललितपुरको पहिलो जित

काठमाडौं । बिदेशी खेलाडी अज्मातुल्लाह ओमारजाई प्रेरित ललितपुर प्याट्रीयट्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेटमा प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

शुक्रबार कीर्तिपुर स्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा भएको पहिलो खेलमा ललितपुरले बिराटनगर वारियर्सलाई ३७  रनले पराजित गरेको हो । ललितपुरको जितमा अफगानिस्तानी खेलाडी ओमारजाईले उत्कृष्ट प्रदर्शन गरे । उनले ५८ रन बनाउनुका साथै ४ विकेट समेत हात पारे । 

इपिएल क्रिकेटमा कीर्तिमानी २२७ रनको लक्ष्य पाएको विराटनगर २० ओभरमा ८ विकेट गुमाउदै १८९  रन मात्र बनायो । 

विराटनगरको लागि दिल्शान मुनावीराले सर्बाधिक ५९ रन बनाए । अर्धशकीय इनिङ खेलेका दिल्शानले ३९ बलमा पाँच चौका र चार छक्का प्रहार गरेका थिए । यस्तै विराटनगरका लागि आशिफ सेखले ३७, चद्रपौल हेमराजले २८, सिकन्दर राजाले २४ रन बनाए । 

ललितपुरका अज्मातुल्लाह ओमार्जाइले चार विकेट लिए । अफगानिस्तानी अल राउन्डर अज्मातुल्लाहले चार ओभरमा ३८ रन खर्चिएका थिए ।यस्तै ललित राजवंशीले दुई विकेट लिएका थिए भने योगेन्द्र सिंह कार्कीले १ विकेट लिएका थिए  । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा पाँच विकेट गुमाएर इपिएलकै सर्बाधिक  दुई सय २६ रन बनाएको थियाे । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);