आईपिएल टि–२० क्रिकेटमा आज चेन्नाई र गुजरात भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आईपिएल टि–२० क्रिकेटमा आज चेन्नाई र गुजरात भिड्ने

काठमाडौं,१३ चैत्र । रोयल च्यालेन्जर्स बेंगलूरु आरसिबिले इंडियन प्रिमियर लिग आईपिएल टि–२० क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । आरसिबिले घरेलु मैदानमा पञ्जाब किंग्स ६ विकेटले हराएर पहिलो जित दर्ता गरेको हो ।

पञ्जाबले दिएको १७७ रनको लक्ष्य आरसिबिले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर पुरा गरेको हो । आरसिबिका विराट कोहलीले ५९ बलमा ११ चौका र २ छक्का सहित ७७ रन बनाए । यस्तै दिनेश कार्तिकले १० बलमा ३ चौका र २ छक्कासहित २८ रनको विष्फोटक अविजित इनिङ खेले । दुई ओभरमा २३ रन चाहिएको अवस्थामा हर्शल पटेलको १९औं ओभरमा कार्तिकले एक चौका र एक छक्का सहित १३ रन जोडे ।

अन्तिम ओभरमा १० रन चाहिँदा कात्तिकले पहिलो बलमा छक्का हाने अर्को बल वाइड गयो । त्यसपछिको बलमा चौका प्रहार गर्दै कात्तिकले टोलीलाई जित दिलाए । पञ्जाबका कागिसो रबाडा र हरपृत ब्रारले २–२ विकेट लिए । टस हारेर पहिले ब्याटिङ लको निम्तो पाएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनायो । पञ्जाबका कप्तान शिखर धवनले ४५ जितेश शर्माले २७, प्रभसिम्रन सिंहले २५ तथा श्याम करनले २३ रन बनाए ।

आरसिबिका मोहम्मद सिरज र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए । आज चेन्नाई सुपरकिग्ंस र गुजरात टाइटन्स भिड्ने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);