ईपीएल : चितवन टाइगर्स ६ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

ईपीएल : चितवन टाइगर्स ६ विकेटले पराजित

epl-768x366

काठमाडौं, २४ मंसिर । काठमाडौं किङस इलाभेनले तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा काठमाडौं किङ्गले पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १६१ रनको लक्ष्य काठमाडौंले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । काठमाडौंको जितमा भारतीय खेलाडी सुब्रमनियन आनन्दले १८ बलमा अविजित ४३ रन जोडे ।

सुब्रमनियन प्लेयर अफ दि म्याच चुनिए । यस्तै, अमर सिंह रौटेला २१ रनमा अविजित रहे । त्यस्तै काठमाडौंका लागि सागर पुनले ३९, नरेश बुढाएरले २२ तथा अमित श्रेष्ठले १८ रन जोडे । चितवनका साहब आलमले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले १९ ओभर ५ बलमा अलआउट हुँदै १६० रन बनाएको थियो । चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ४५ रन जोड्दा पल स्टर्लिङले ३४ रनको योगदान दिए ।

यस्तै सन्दीप सुनारले २५ तथा पृथु बास्कोटा २० रनमा अविजित रहे । काठमाडौंका संसद सेख र प्रदीप साहुले ३÷३ विकेट लिए । जितसंगै काठमाडौंले २ अंक जोडेको छ । चितवनले भने लगातार दोस्रो हार व्यहोरेको छ ।

यस्तै आज नै भएको अर्को खेलमा ललितपुर प्याट्रियट्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । त्रिवि मैदानमा भारतीय ब्याट्सम्यान गौरव तमोर र जय किशन कोल्शावाला चम्किएपछि ललितपुरले पोखरा राइनोजलाई ८ विकेटले हराएको हो ।

१६७ रनको लक्ष्य ललितपुरले १५ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । ललितपुरको जितमा विस्फोटक ब्याटिङ्ग गर्दै तमोरले ८२ रन जोडे । तमोरले ४१ बलमा ४ चौका र ८ छक्का प्रहार गरे । यस्तै कोल्शावालाले ३८ बलमा ५१ रन जोडे । दुवैले पहिलो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए । यस्तै ललितपुरका सन्नी पटेल २० तथा सोनु तामाङ ११ रनमा अविजित रहे । पोखराका सुसन भारी र पाउल कालिङले एक एक विकेट लिए ।

यसअघि दक्षिण अफ्रिकन ब्याट्सम्यान रिचर्ड लेभीले अर्धशतकीय इनिङस खेलेपछि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले ४ विकेट गुमाएर १६६ रनको योगफल तयार गरेको थियो । पोखराका लागि लेभीले ८४ रनको योगदान गरे । पोखराका लागि विनोद भण्डारीले अविजित ३४ रन जोड्दा सुनिल धमलाले १० रन जोडे । ललितपुरका पवन सर्राफले ३ विकेट लिए ।

लगातार दोस्रो जित निकालेसंगै ललितपुर लिगको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरले ३ खेलबाट ४ अंक जोडेको छ । पोखराको भने यो लगातार दोस्रो हार हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);