ईपीएल क्रिकेटमा विराटनगर विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ईपीएल क्रिकेटमा विराटनगर विजयी

काठमाडौं, २२ मंसिर । अघिल्लो पटकको विजेता विराटनगर वारिवर्सले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग ईपीएल टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले हराएको हो ।

त्रिवि क्रिकेट मैदानमा ललितपुरले दिएको १०५ रनको लक्ष्य विराटनगरले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । विराटनगरका लागि करण केसीले उत्कृष्ट ब्याटिङ गरे । ३ छक्का र १ चौकाप्रहार गरेका करणले अविजित ३६ रन जोडे ।

यस्तै आसिफ शेखले १९, अनिलकुमार साहले ११ रन जोडे । कप्तानपारस ८ रनमा आउट भए ।ललितपुरकागौरव तामोरले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पुरै २० ओभरमा ९ विकेट गुमाएर १०४ रन बनाएको थियो । ललितपुरका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४९ रन जोडे । यस्तै सन्नी पटेलले २० तथा पवन शराफले १४ रन बनाए ।

विराटनगरका करण केसी र रोएलोफ भान डेर मेर्वीले २/२ विकेट लिए । लिग अन्तर्गत आइतबार पहिलो खेलमा ललितपुर र चितवन टाइगर्स तथा दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजले खेल्ने छन् । राउन्ड रोविन लिगका आधारमा संचालन हुने प्रतियोगितामा ६ शहरका ६ टिमको सहभागिता रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);