ए डिभिजन लिग : आर्मीद्वारा ब्रिगेड ब्याइज १–० गोलले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

ए डिभिजन लिग : आर्मीद्वारा ब्रिगेड ब्याइज १–० गोलले पराजित

काठमाडौं, २४ मंसिर । विभागीय टिम आर्मीले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जित हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार सम्पन्न खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई १–० गोलको कठिन जित निकालेको हो ।

आर्मीको जितमा टंक बस्नेतले निर्णायक गोल गरेका थिए । खेलको पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिएको आर्मीले दोस्रो हाफमा एक गोल गर्दै जित हात पारेको हो । खेलको ६६ औं मिनेटमा टंकले उत्कृष्ट हेडर गोल गरे ।

उनले सन्तोष तामाङको क्रस पासमा गोल गर्न सफल भएका थिए । खेल अवधिभर आर्मीले बल नियन्त्रणमा राखे पनि थप गोल गर्न भने सकेन । जितसँगै आर्मीले सात खेलबाट १७ अंक बनाएको छ । पराजित भएको ब्रिगेड ब्वाइजको भने सात खेलबाट चार अंक रहेको छ ।

लिगको शीर्ष स्थानमा भने मनाङ मस्र्याङ्दी क्लब रहेको छ । मनाङको ६ खेलबाट १८ अंक रहंदा दोस्रो स्थानमा रहेको थ्रीस्टारको सात खेलबाट १८ अंक नै रहेको छ । त्यस्तै, तेस्रो स्थानमा रहेको संकटाको पनि समान सात खेलबाट १८ अंक नै रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);