ए डिभिजन लिग : मनाङ मर्स्याङदीको अपराजित यात्रा कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ए डिभिजन लिग : मनाङ मर्स्याङदीको अपराजित यात्रा कायमै

काठमाडौं, २४ मंसिर । लिग लिडर मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा साताै खेलसम्म पनि आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार सम्पन्न खेलमा मनाङले मछिन्द्र क्लबलाई १–० गोलको कठिन जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो । मनाङको जितमा अफिज ओलावालेले निर्णायक गोल गरेका थिए ।

पहिलो हाफसम्म मनाङलाई बराबरीमा रोकेको मछिन्द्रले खेलको अन्तिम समयतिर गोल खान पुग्यो । ५९ औं मिनेटमा दोणा थापाको स्थानमा मैदानमा प्रवेश गरेका ओलावालेले खेलको ८५ औं मिनेटमा गोल गर्दै मनाङलाई जित दिलाएका हुन् ।

जितसँगै मनाङले दोस्रो स्थानमा रहेको थ्रीस्टारसँगको अंक दूरीलाई तीनमा पुर्याएको छ । लिगको शीर्ष स्थानमा रहेको मनाङको सात खेलबाट शतप्रतिशत नतिजासहित २१ अंक भएको छ । दोस्रो स्थानमा रहेको थ्रीस्टारको समान सात खेलबाट १८ अंक रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);