ए डिभिजन लिग: आर्मी र फ्रेन्ड्स बराबरीमा रोकिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ए डिभिजन लिग: आर्मी र फ्रेन्ड्स बराबरीमा रोकिए

काठमाडौं, २० मंसिर । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधिका दाबेदार त्रिभुवन आर्मी र एनआईबीएल फ्रेन्ड्स क्लब गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा फ्रेन्ड्सविरुद्ध एकतर्फी खेल खेलेपनि गोल गर्न नसक्दा आर्मीले बराबरी खेलेको हो । कमजोर टिम फ्रेन्ड्सविरुद्ध कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की बिना मैदान उत्रिएको आर्मीले गोल गर्न सकेन ।

भरत दुई पहेलो कार्डको कारण एक खेलको प्रतिबन्धमा रहेका थिए । जर्ज प्रिन्स आर्मी ट्रेनिङका लागि टिममा रहेका छैनन् । खेलमा आर्मीले पटक पटक गोलको प्रयास गरेको थियो । तर, आर्मीका आधा दर्जन बढी प्रहार फ्रेन्ड्सका गोलकिपर देव लिम्बुले विफल बनाईदिएका थिए ।

खेलमा फ्रेन्ड्सका देव लिम्बु म्यान अफ दि म्याच घोषित भए । यो बराबरीसंगै आर्मीले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । तेस्रो स्थानको आर्मीले ६ खेलबाट १४ अंक जोडेको छ । ५ अंक जोडेको फ्रेन्ड्स दशौं स्थानमा छ ।

ब्रिगेड र मछिन्द्रको बराबरी

यस्तै आज भएको अर्को खेलमा ब्रिगेड ब्वाईज क्लब र मछिन्द्र क्लबले पनि बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको दोस्रो खेलमा ब्रिगेड र मछिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।

खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । यस्तै पाएको अवसरमा गोल गर्न नसक्दा दुवैले बराबरी खेलको हो । बराबरीसंगै ब्रिगेडले ६ खेलबाट ४ अंक जोडेको छ । ब्रिगेड लिगको १२ औं स्थानमा छ । मछिन्द्रले ६ खेलबाट ३ अंक जोडेको छ । मछिन्द्र १३ औं स्थानमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);